News Portal

भारतमा कोरोनाबाट एकै दिनमा १२६ जनाको मृत्यु, ४९ हजार ४ सय संक्रमित

रातोपोस्ट संवाददाता
७०९ पटक

काठमाडौं। तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा मंगलबार १ सय २६ जनाको मृत्यु भएको छ । भारतमा एकै दिनमा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो ।

यसअघि सोमबार १०६ जनाको मृत्यु भएको थियो । आइतबार ६७, शनिबार ९८, शुक्रबार ६५, बिहीबार ७३ जनाको कोरोनाबाट मृत्यु भएको भारतीय अधिकारीलाई उधृद गर्दै दैनिक भास्करले लेखेको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट १ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ । मृतकको संख्या सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ । जहाँ अलिहेसम्म ६ सय १७ जनाको मृत्यु भएको छ । यस्तै गुजरातमा ३ सय ६८, मध्य प्रदेशमा १ सय ७६, पश्चिम बंगालमा १४०, राजस्थानमा ८९, दिल्लीमा ६४, उत्तर प्रदेशमा ५६ जनाको ज्यान गएको छ । भारतको २६ राज्य र ६ केन्द्र प्रशाशित राज्यमा फैलिएको कोरोनाबाट ४९ हजार ४ सय संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा अर्थात मंगलबार मात्रै २ हजार ९ सय ६६ जना संक्रमित थपिएका छन् । सोमबार ३ हजार ६ सय ५६, आइबार २ हजार ९ सय ५२, शनिबार २ हजार ५ सय ६४, शुक्रबार २ हजार ३ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये महाराष्ट्रमा मात्रै १५ हजार ५ सय २५ छन् । यस्तै गुजरातमा ६ हजार २ सय ४५, दिल्लीमा ५ हजार १ सय ४, तमिलनाडुमा ४ हजार ५८, राजस्थानमा ३ हजार १ सय ५८, मध्यप्रदेशमा ३ हजार ४९, उत्तर प्रदेशमा २ हजार ८ सय ८० जना संक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस्