News Portal

शुक्रबारदेखि यी ४२ प्रकारका उद्योग सञ्चालनमा आउने (सुचिसहित)

रातोपोस्ट संवाददाता
१३५६ पटक

काठमाडौं। सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि लकडाउन खुकुलो बनाउने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको छ । यस्तै पुस्तक ओसारपसारको लागि पनि छुट दिने भएको छ ।

सरकारी कार्यालयहरु पनि एक तिहाई कर्मचारीको उपस्थितिमा खुल्ने भएका छन् । यस्तै बढिमा पाँच जना कामदार रहने गरी गाडी मर्मत गर्ने वर्कशप खोल्न पाइने भएको छ ।

यस्तै राजमार्ग र सहायक राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनको अनुमतिमा होटल रेष्टुरेन्ट खोल्न सकिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

सकभर ५० किलोमिटरको दूरीमा पेट्रोल पम्प, रेष्टुरेन्ट र वर्कशप खुलाउन भनिएको छ । कुन कुन उद्योगहरु सञ्चालनमा आउछन्, हेर्नुहोस् सूचीमा

१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु -लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

प्रतिकृया दिनुहोस्