रातोपोस्ट संवाददाता

वीरगञ्ज । वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।
यस अघि आइतबार सोही परिवारका ३६ वर्षीय पुरुषलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षणको क्रममा परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको हो । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।