News Portal

‘शैक्षिक गतिविधि सञ्चालन हुदैन’

रातोपोस्ट संवाददाता
५६९ पटक

झापा । मेचीनगरमा सञ्चालित निजि विद्यालयले तत्काल विद्यार्थी भर्ना सञ्चालन नगर्ने भएका छन् । सरकारको आधिकारीका धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने भएको हो ।

राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) मेचीनगरको कार्यालयमा राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को सयुक्त वैठक वसी सरकारको आधिकारीका धारणा नआएसम्म शैक्षिक गतिविधि सञ्चालन नगर्ने निणर्य गरको छ ।

अनलाइन कक्षा सञ्चालन गर्न मेचीनगरका कठिनाई हुने भएकाले सवै विद्यालयले अनलाइन कक्षा समेत सञ्चालन गर्न नसक्ने निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मेचीनगरका अध्यक्ष डम्वर रुचालले जानकारी दिए ।

पाठ्यपुस्तक ब्यवस्थापन र आपूर्ति लाई सहज बनाइदिन नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेती र शिक्षा शाखा अधिकारी होम भण्डारीलाई अपिल पत्र समेत वुझाएको रसहज बनाइदिने वचन प्राप्त भएकाले मेचीनगरमा आम अभिभावक तथा विद्यार्थीहरुले पाठ्यपुस्तक चाडै पाउन सकिने भएको (प्याब्सन) मेचीनगरका अध्यक्ष डम्वर रुचालले जानकारी दिए ।

एन प्याब्सन मेचिनगर अध्यक्ष भगिरथ राइको संयोजकत्वमा वसेको बैठकले प्याब्सन एनप्याब्सनमा आबद्ध निजि विद्यालयले सामना गरिरहनु परेको बिद्यमान समस्याहरू माथी गम्भीर छलफल गर्दै भोगिरहनु परेको समस्याहरू समाधनका लागि सम्बन्धित सरोकारवालाहरु को समन्वय खोजी गर्ने र कोभिड १९ ले सृजना गरेको आम अभिभावक एव विद्यार्थी ले सामना गर्नुपर्ने समस्याहरूप्रती संबेदनसिल हुँदै सरकारको आधिकारिक निर्देशन बमिजिम मात्र शैक्षिक शत्र २०७७ को भर्ना अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

वैठकले आवद्ध सवै विद्यालयलाई पुरानै प्रकाशनका पुरानै पाठ्यपुस्तक प्रयोग गर्न सकिने गरि पुस्तक सुचि बनाइ सार्वजनिक गर्न गराउन आव्हान गरेको छ । अभिभावक र विद्यार्थीले पाठ्यपुस्तक माग गर्न थालेकाले पाठ्यपुस्तक लगायत्का शैक्षिक सामाग्रीलाई अति आवशकिय बस्तुको रुपमा सुचिकृत गरि आपूर्ति ब्यवस्था चाडै सहज बनाउन नगर सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

वैठकमा प्याब्सन झापा उपाध्यक्ष एव प्याब्सन मेचीनगर प्रमुख सल्लाहकार अजय आले मगर, प्याब्सन मेचिनगर अध्यक्ष डम्बर रुचाल, एन–प्याब्सन मेचिनगर सचिब कबिन्द्र श्रेष्ठ, एन प्याब्सन मेचिनगर सदस्य जीवन कट्टेलको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्