News Portal

नेकपा बिवादः ओलीको अनुपस्थितिमै स्थायी कमिटीको बैठक धुम्बाराहीमा शुरु

रातोपोस्ट संवाददाता
६७८ पटक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको अनौपचारिक बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ । बैठकमा सचिवालय स्तरका कोही पनि सहभागि छैनन् ।

एजेण्डा तय गर्न हिजो बसेको सचिवालय बैठकमा बिवाद भएपछि नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको सहमतीले बैठक नै स्थगित गर्ने निर्णय गर्यो । २० बैशाखको सचिवालय बैठकले निर्धारण गरेको स्थायी कमिटी बैठक एक दिन अघि स्थागित गर्ने निर्णय गरेपछि कमिटीका सदस्यहरु आक्रोशित छन् ।

अध्यक्षद्धय ओली र दाहालले बैठक रोक्ने निर्देशन दिएपछि औपचारिक बैठक नबसेपछि स्थायी कमिटीका सदस्यहरु आफैं छलफलमा जुटेका जुटेको एक सदस्यले बताए । पछिल्लो राजनीतिक अवस्थाको बारेमा समेत छलफल गर्नका लागि एक ठाउँमा आउँनै पर्ने अवस्था समेत भएकाले छलफल अगाडी बढाउँन खोजिएको उनले बताए ।

बैठकमा २० भन्दा बढी स्थायी कमिटी सदस्य सहभागित छन् । अझै आउँने क्रम भने जारी नै रहेको उनले बताए । नेकपा स्थायी कमिटी ४५ सदस्यी रहेको छ । स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा चयन भएपछि एक पद रिक्त छ । २० स्थायी कमिटी सदस्यले यस लिखित रुपमै बैठकको माग अध्यक्षद्धयसंग गरेका थिए ।

बिहान अनौपचारिक छलफल गरी उनीहरु बैठक गर्न लागेका हुन् । जसमा ओली, दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल निकटका नेताहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्