News Portal

  • सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

    रातोपोस्ट संवाददाता
    ५०० पटक

    काठमाण्डौ । आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम जेठ २ गते आउने भएको छ ।

    राष्ट्रिय सभाले बनाएको कार्यतालिका अनुसार जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा वाचन गर्नुहुनेछ । नीति तथा कार्यक्रममा बजेटका प्राथमिकता र सिद्धान्त समावेश हुन्छन् । नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइसकेपछि जेठ पाँच गते प्रधानमन्त्रीले जवाफ दिने र नीति तथा कार्यक्रम पारित हुने तालिका रहेको छ ।

    यस्तै शुक्रबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । यही अधिवेशनमा प्रि-बजेट छलफल हुने, ३ दिन प्रतिनिधिसभामा र २ दिन राष्ट्रियसभामा बजेटबारे छलफल हुनेछ । संघीय सरकारको बजेट जेठ १५ गते प्रस्तुत हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)