News Portal

केन्यामा भारी बर्षा, दुई सय बढीको मृत्यु

रातोपोस्ट
१११२ पटक

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा भारी बर्षापछि आएको बाढीले दुई सय भन्दा बढीको मृत्यु भएको छ । सयौं घरबारबिहीन बनेका छन् । घर घरमा बाढी पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

बाढीले ८ हजार एकड खेतमा लगाई्रएको धान बाली नष्ट गरेको छ । बाढीको प्रभाव छिमेकी मुलुक युगान्डामा समेत परेको छ । बाढीले लेक र तलाउको पानीले केही बस्ती नै सखाफ पारेको छ ।

यसैबीच केन्या सरकारले बाढी प्रभावितहरुका लागि सुरक्षित स्थानको ब्यबस्था गरेको बताए पनि उनीहरु भने ठाउँ ठाउँमा पाल टाँगेर बस्न बाध्य छन्। केन्यामा गत बर्ष आएको बाढीमा परी सयौंको मृत्यु भएको थियो । भारी बर्षा अझै केही दिनसम्म रहने केन्याको मौसमबिदहरुले बताएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्