News Portal

  • भुल्केका ८ जना कोरोना संक्रमित निको भए, शुक्रबार डिस्चार्ज हुँदै

    रातोपोस्ट संवाददाता
    ५२८ पटक

    उदयपुर । उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएपछि भोलि (शुक्रबार) बिहान डिस्चार्ज हुने भएको छ ।

    विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूको भोलि डिस्चार्ज गर्ने तयारी भइरहेको अस्तालले जनाएको छ । निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन् । यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए।

    संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइटा नतिजा नेगेटिभ आउनुपर्छ। उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए। जसमा १५ जना निको भएका छन्।

    थप १३ जना अस्पतालमै छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ। तर निको भएका तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ। नेपालमा अहिलेसम्म ९९ जनामा संक्रमण भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)