News Portal

बंगलादेशमा कोरोना भाइरसले १९९ जनाको मृत्यु, १२ हजार बढी संक्रमित

रातोपोस्ट संवाददाता
६२३ पटक

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा एकै दिन थप १३ जनाको ज्यान गएको छ । विहीबार यता २४ घण्टाको अवधिमा १३ जनाको ज्यान गएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या १९९ पुगेको छ ।

एकैदिन थप ७०६ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ४२५ पुगेको छ ।बंगलादेशमा कोरोना संक्रमितमध्ये १ हजार ९१० जना उपचारपछि निको भएका छन् । १० हजार ३१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुको तत्काल उद्दार गर्न नेपाल सरकारसँग माग गरेका छन् । कोरोनाको जोखम बढ्दै गएपछि आफूहरु असुरक्षित रहेको भन्दै उनीहरुले स्वदेश फर्काउन माग गरेका छन् । उनीहरुले सरकारले आफूहरुको उद्दामा तदारुकता नदेखाएको भन्दै विहीबार विज्ञप्ति जारी गर्दै आजबाट रिले अनसन बस्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्