News Portal

  • कोभिड-१९ : विश्वभर २ लाख ७० हजार वढीको ज्यान गयो

    रातोपोस्ट संवाददाता
    ३११ पटक

    काठमाडौं। कोरोना भाइरसको महामारीका कारण विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म ३९ लाख १३ हजार ३ सय ७८ जना संक्रमित मध्ये १३ लाख ४० हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् ।

    पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७६ हजार ९ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्दा ३० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

    इटालीमा २ लाख १५ हजार ८ सय भन्दा बढी संक्रमितमध्ये २९ हजार ९ सय ५८ जनाकोे मृत्यु भएको छ । स्पेनमा २ लाख ५६ हजार ८ सय जना कोेरोना संक्रमित मध्ये २६ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा ५६ हजार ३ सय भन्दा बढी संक्रमित हुँदा १ हजार ८ सय ८९ को मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)