News Portal

कोरोना भाइरसबाट रूसमा २४ घण्टामा १० हजार भन्दा बढी सङ्क्रमित

रातोपोस्ट
१०८३ पटक

काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा साढे १० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रुसमा शुक्रबार मात्र १० हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

हालसम्म रुसमा १ लाख ८७ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १ हजार ६ सय २५ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच त्यहाँ कोरोना भाइरसका संक्रमितहरुसँगको सम्पर्कमा आएका २ लाख ९२ हजार मानिसहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । रुसमा परीक्षणलाई तीब्रता दिइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्