News Portal

  • राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

    रातोपोस्ट संवाददाता
    ६०८ पटक

    काठमाडौँ । राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छन् ।

    काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

    सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा (२) बमोजिम उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् ।

    यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहेकी सांसद सरिता प्रसाईको गत फागुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)