News Portal

  • नेपालमा थप सात जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०९ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४२८ पटक

    काठमाडौं । शनिवार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले नेपालमा थप ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

    अधिकारीका अनुसार उदयपुरको भुल्केका १५, १८ र ६५ वर्षका महिला र कपिलवस्तुमा १७, १८, १८ वर्षका पुरूस र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)