News Portal

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रातोपोस्ट संवाददाता
६३६ पटक

दमक । झापाको कमल गाउँपालिका – ५ पाडाजुंगीमा सुक्रबार साँझ भएको दूर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पंण्डितका अनुसार मृतक इलामको चुलाचुली गाउँपालिका–४ का ३१ वर्षीय रनबहादुर लिम्बु रहेको मृतकको साथमा भएको मतदाता परिचयपत्र बाट खुल्न आएको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ६ ख. ५४०१ नम्बरको ट्रकले ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधन नियन्त्रण लिए पनि ट्रक चालक फरार रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्