News Portal

इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

रातोपोस्ट संवाददाता
७२३ पटक

काठमाडौं। इटालीमा शुक्रबार एकै दिन २४३ जनाको मृत्यु भएपछि कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजारभन्दा माथि पुगेको छ। ३० हजारभन्दा बढीको मृत्यु हुने अमेरिका र बेलायतपछि इटाली तेस्रो देश भएको छ। इटालीमा अहिलेसम्म दुई लाख १७ हजार १८५ संक्रमित हुँदा ३० हजार २०१ जनाको मृत्यु भएको छ। त्यहाँ ९९ हजार २३ जना निको भएका छन्।

इटालीमा पछल्लो साता मृत्युदर पनि घटिरहेको छ। पछिल्लो साता औषतमा दैनिक २८० जनाको मृत्यु भएको छ। यसैबीच विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख ११ हजारभन्दा माथि पुगेको छ। जसमध्ये करीब १४ लाख निको भएका छन् भने दुई लाख ७६ हजार १८५ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी अमेरिकामा करीब १३ लाख २२ हजार संक्रमित छन्। त्यहाँ दुई लाख २३ हजार ६०३ जना निको हुँदा ७८ हजार ६१५ जनाको मृत्यु भएको छ। बेलायतमा दुई लाख ११ हजार ६६४ जना संक्रमित भएकोमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा दुई लाख ६० हजारभन्दा बढी संक्रमित हुँदा २६ हजार २९९ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्