News Portal

लिपुलेक मिचेकोबारे सरकारले यथार्थ जानकारी गर्नुपर्छ : झाँक्री

रातोपोस्ट संवाददाता
५४४ पटक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले भारतले नेपाली भूमि मिचेर बाटो बनाएकोबारे यथार्थ जानकारी सार्वजनिक गर्नुपर्ने बताएकी छन्।

भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेपछि ट्विट गर्दै झाँक्रीले यस्तो बताएकी हुन्। ‘भारतले नेपाली भूभाग मिचेर चीनको मानसरोवर जाने बाटो खोल्यो भन्ने समाचार छ। के यो सत्य होरु यसबारे यथार्थ जानकारी सार्वजनिक गर्नुपर्छ,’ उनले लेखेकी छन्, ‘यदि समाचार सत्य हो भने नेपाल सरकारले तत्काल भारतीय सरकार समक्ष विरोध जनाउनुपर्छ ताकी भारतीय सरकारले आफ्नो यस्तो मिचाहा प्रवृति बन्द गरोस्।’(

यसअघि राजनीतिक नक्सामा नेपाली भूमि पारेको भारतले एकपक्षीय रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार उद्घाटन गरेको हो। भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकमार्गको उद्घाटन गरेका हुन्। त्यस्तै पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको पनि उनले उद्घाटन गरे। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्।

भारतले गत नोभेम्बर २ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी ९लिपुलेक र लिम्पयाधुरा समेत० पारेपछि विवाद उत्पन्न भएको थियो। त्यसको कूटनीतिक माध्यममार्फत समाधान खोजी नसकिएको अवस्थामा भारतले फेरि उक्त क्षेत्र छुने गरी बनाइएको बाटो उद्घाटन गरेको हो ा

प्रतिकृया दिनुहोस्