News Portal

भारतले संकटको मौका छोप्यो, नेपाली भूमि लिपुलेक फिर्ता गरौँ – गजुरेल

रातोपोस्ट संवाददाता
५४० पटक

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय अतिक्रमणको विरोधमा जुट्न अपील गरेको छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेकमा भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारी सहित आफूहरुले उक्त काम रोक्न नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको बताएका छन् । ‘हामीले सरकारले भारत सँग कुटनीतिक पहल गरोस् भनेर पटक पटक ध्यानाकर्षण गर्नुका साथै सडकबाट पनि माग गर्दै आएका थियौं ।

कोभिड १९ को महामारीले विश्वव्यापी रुपमा संकट खडा गरेको मौका छोपी लिम्पियाधुरा हुँदै मान सरोवर सम्म जाने सडकको भारतीय रक्षा मन्त्रीले हिजो उद्घाटन गरेको घटना सन् १८१६ मा नेपाल र भारतका वीचमा भएको सुगौली सन्धीको उल्लंघन र नेपाली भूभाग माथिको अतिक्रमण हो’, उनको विज्ञप्तिमा भनिएको छ, ‘अविलम्ब कुटनीतिक पहल गरी अतिक्रमित नेपाली भूभागलाई फिर्ता गर्न नेपाल सरकार सँग हामी जोडदार माग गर्दछौं ।’

भारत सरकारले गरेको यो अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि तयार रहन मोर्चाले अपील गरेका छ ।

प्रतिकृया दिनुहोस्