News Portal

  • नेपालको भूमी मिचिएको विषयमा विरोध गर्दा पूर्व एआईजी श्रेष्ठ र सेनाका पूर्व जर्नेल बस्न्यात पक्राउ

    रातोपोस्ट संवाददाता
    ७५२ पटक

    काठमाडौं । भारतले नेपाली भूमी लिपुलेकमा आफुखुसी सडक विस्तार गरेको विषयमा विरोध गर्ने क्रममा नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ तथा नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ गरिएका बस्न्यात र श्रेष्ठलाई प्रहरी कार्यालय महाराजगञ्जमा राखिएको स्रोतले जनाएको छ ।

    सत्तारुढ दल नेकपाको पार्टी कार्यालय धुम्बाराही अगाडी शंकपार्कमा उनीहरुले लिपुलेकको विषयमा पत्रकार सम्मेलन गर्ने क्रममा शनिवार दिउसो उनीहरु पक्राउ परेका हुन् ।

    “हामी लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा केही पत्रकारहरुलाई बोलाएर प्रेस विज्ञप्ति पढ्दैथियौं ।

    त्यतीबेलै हामीलाई भारतको विरोध नगर भनेर समातेर महाराजगञ्ज प्रहरी कार्यालयमा ल्याइएको छ,” पूर्व जर्नेल बस्न्यातले हिरासतबाटै जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)