News Portal

सीमा अतिक्रमणको विरोधमा काँकडभिट्टामा विद्यार्थीको प्रदर्शन

रातोपोस्ट संवाददाता
१२२९ पटक

झापा। भारतले नेपालको सीमा अतिक्रमण गर्दै मानसरोवर जाने सडक बनाएको विरोधमा मेचीनगरका विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन्।

भारतीय अतिक्रमणको विरोधमा शनिबार सत्तसीन दल नेकपानिकट अनेरास्ववियु मेचीनगर कमिटीले आज काँकडभिट्टामा प्रदर्शन गरेका हुन्। भारतले तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग एकतर्फीरूपमा बनाएको छ।

त्यसको विरोधमा विद्यार्थीहरु शनिबार प्रदर्शनमा उत्रिएका हुन्। भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्