News Portal

  • अमेरिकन आइडलको टप ७ मा पुगे नेपाली युवा दिवेश

    रातोपोस्ट संवाददाता
    ३७८ पटक

    काठमाडौं : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन् ।

    पछिल्लो छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पोखरेल उत्कृष्ट सात मा छनौट भएका हुन् । ‘अर्थर गन’को नामबाट परिचित पोखरेल अमेरिकन आइडलको टप ७ मा पुग्ने पहिलो नेपाली हुन् ।

    सन् २०१३ देखि अमेरिकामा बस्दै आएका पोखरेलले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । अडिसनदेखि टप ७ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा उनले जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

    अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्दा आफूलाई खुसी लागेका उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्