News Portal

कुलङ्घार छिमेकी

DB सर्वश्रेष्ठ
१२८० पटक

कुलङ्घार छिमेकी

म त ,
नबोलौ भनेको
चियाएर हेदै जान्छ त
त्यो छिमेकी कुलङ्घार।
सदै मुस्कुराइ रहेने
जलमल लालिगुरासले
सजिएकी देखेर
मेरै आँखा अगाडि चोली
खोल्नपो खोज्च त त्यो
छिमेकी कुलङघार

म त ,
नबोलौ भनेको
आखौ अगाडि मेरि मात्री भुमी आमालाइ
बल्त्कार गर्न पो खोज्छ त
त्यो छिमेकी कुलङ्घार
मैल्ले बोल्नै पर्ने भयो
सिरुपाते खुकुरी बोक्नै पर्ने भयो
आमाको अस्मिता लुट्नेलाई
छप्कानै पर्ने भयो ।
म त ,नबोलौ भनेको
बोल्नै पर्ने भयो ।

नाला पानी काला पानी
पुर्खा हो वीर
भनै पर्ने भयो
छिमेकी कुलङघारको काल
बन्नै पर्ने भयो ।
मत नबोलौ भनेको
बोलनै पर्ने भयो
पुर्खाको इतिहास जोड्नै
पर्ने भयो ।…………………..
छिमेकी कुलङघारको आँखा
पोर्नै पर्ने भयो
म त,
नबोलौ भनेको बोल्नै
पर्ने भयो ।

प्रतिकृया दिनुहोस्