News Portal

मेचीनगरका व्यवसायीले गरे लकडाउन अवधिको घर भाडा, बैँकको व्याज र कर छुट गर्न माग

रातोपोस्ट संवाददाता
२०२२ पटक

झापा। मेचीनगरका व्यवसायीहरुले लकडाउन अवधि भरको घर भाडा, बैँकको व्याज तथा राज्यले लिने कर छुट गर्नु पर्ने माग गदै ज्ञापनपत्र बुझाएका छन् ।

काँकरभिट्टा स्थित मेची वस व्यवसायी प्रालिको सभाहलमा सोमबार आयोजित कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् । सरकारको ध्यानआकर्षण गराउनका लागि स्थानीय जनप्रतिनधि, प्रदेश र संघीय सरकारका सांसद्लाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेश नम्बर १ का सभा सदस्य गोपाल चन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र मेचीनगर–६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका थिए ।

लकडाउन अवधिको घर वाहाल मिनाह गर्नु पर्ने, व्यवसाय सञ्चालनामा लिएको बैँकिङ ऋणको लकडाउन अवधिको भरकाे व्याज मिनाह गर्नु पर्ने, मजदुरलाई लकडाउन अवधिको न्युनतम पारिश्रमिकमा राहत सहयोग उपलब्ध गराउनु पर्ने र कोरोना प्रकोपको कारण व्यवसाय तहस नहस भएका कारण विजुली, खानेपानी महसुलहरुमा छुट दिनुपर्ने मागहरु ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझ्दै प्रदेश सभा सदस्य गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले प्रदेश सरकारसँग यस विषयमा छलफल गरिने बताएका थिए ।

लकडाउनमा व्यवसाय सञ्चालन गर्न नसकिएको र आम्दानीको स्रोत पनि बन्द भएकाले घर भाडा, बैँकको व्याज तथा राज्यले लिने कर छुट गर्नुपर्ने होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ बताए ।

कार्यक्रममा व्यवसायकाहरुले लकडाउन अबधिमा यातायात, होटल, पर्यटन व्यवसाय धरासाय भएकोले राज्य गम्भीर हुनु पर्ने धाराणा राखेका थिए । कार्यक्रममा मेची वस व्यवसायी प्रालिका अध्यक्ष विष्णु श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र), होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघका केन्द्रीय सचिव राजु अधिकारीकाे उपस्थिती रहेकाे थियाे । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हस्तबहादुर तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्