News Portal

इलामको शुक्रबारेमा आगलागी, तीन घर पूर्णरूपमा नष्ट

रातोपोस्ट संवाददाता
६९३ पटक

इलाम । माईजोगमाई गाउँपालिका–३ को नामसालिङस्थित शुक्रबारे बजारमा गएराती आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

राती १० बजे सुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ७० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

क्षति विवरण संकलन भइरहेको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले जानकारी दिए ।आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्