News Portal

  • नेपालमा एकैदिन ५७ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १९१ पुग्यो

    रातोपोस्ट संवाददाता
    २९२ पटक

    काठमाडौं। नेपालमा एकैदिन थप ५७ जनामा कोभिड–१९ पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित सबै पुरुष छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना संक्रमित भेटिएका हुन् ।

    त्यसैगरी बारामा १ जना भेटिएका छन् ।

    प्रतिकृया दिनुहोस्