News Portal

  • नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

    रातोपोस्ट संवाददाता
    ६२८ पटक

    काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको नमूना परीक्षणबाट २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

    मंगलबार बिहानै ५७ जनामा संक्रमण पुष्टि भएसँगै १९१ जना पुगेको थियो । पछिल्लो नतिजासँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

    मंगलबारसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक थपिएका २६ जनामध्ये पर्सा निवासी २२, २८, ३२, ४५, ६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ५९, ६१, ६१ वर्षीय पुरुषहरु रहेका छन् ।

    त्यस्तै महोत्तरी जिल्ला निवासी १६ र ३५ वर्षीय पुरुषहरु, धनुषा निवासी २० वर्षीय महिला र ४० वर्षीय पुरुष, भकत्पुर जिल्ला निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष, काठमाडौं जिल्ला निवासी २२ वर्षीय महिला र सर्लाही निवासी ४५ वर्षीय पुरुष रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार हालसम्म सबै बिरामीको अवस्था सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)