News Portal

  • नेपाली सेनाको हेलिकप्टर सुरक्षाकर्मी लिएर दार्चुला उड्यो

    रातोपोस्ट संवाददाता
    ४७४ पटक

    काठमाडौं : नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी र बन्दोबस्तीका सामान लिएर दार्चुलाको छाङरु उडेको छ।

    बुधवार बिहान ७ बजे गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली दार्चुला गएको छ।

    छाङरुमा सशस्त्रको नाइट डेस्क क्याम्प बनाइने र बिओपी स्थापना गर्न टोली दार्चुला गएको हो। चारदिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

    छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा छ । पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)