News Portal

  • पर्सामा जेठ ५ सम्म कर्फ्यु आदेश, सेना परिचालन गने निर्णय

    रातोपोस्ट संवाददाता
    ३५९ पटक

    पर्सा । पर्सामा मंगलवार साँझ ८ बजेबाट जिल्लाभर निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

    औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

    जिल्ला प्रशासन कार्यालयले अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।

    आजमात्रै ३९ जनामा कोरोना संक्रण भेटिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

    पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।

    साथै, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन,शान्ति सुरक्षा, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।

    निषेधाज्ञा उल्लंघन गर्नेलाई आवश्यकता अनुसार बल प्रयोग गरी कारवाही गरीने जिल प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)