News Portal

  • दमकमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    रातोपोस्ट संवाददाता
    ४४३ पटक

    झापा। टिपरको ठक्करबाट झापाको दमकमा आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ । दमक ५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज बिहान ८.१५ बजेतिर को.१ख ५५२४ नम्बरको टिपरको ठक्करबाट दमक नगरपालिका १, श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।

    तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपरले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिँदा दर्जीको घटनास्थलमै मृत्यु भएको उनले बताए । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ वर्षीय केदारप्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)