News Portal

  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    रातोपोस्ट संवाददाता
    २७८ पटक

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।आज बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सर्वदलीय बैठकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि उत्पन्न परिस्थिति, भारतको अतिक्रमण विरुद्ध जनस्तरबाट बढेको विरोध र यो समस्या समाधानका लागि सर्वपक्षीय रुपमा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बुझिएको छ ।

    त्यस्तै हिजो एकैदिन कोरोना संक्रमितको संख्या बढेपछि लकडाउनको व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा पनि बैठकमा छलफल हुनेछ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)