News Portal

  • सुनौलीमा अलपत्र ५१० नेपालीलाई भित्र्याइयाे

    रातोपोस्ट संवाददाता
    ५२७ पटक

    बुटवल । लकडाउनका कारण नेपाल भारत सीमा क्षेत्र सुनौलीमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिएको छ । उनीहरुलाई उद्धारगरी सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका बिभिन्न क्वारेन्टाइनमा राखिने छ । नेपाल ल्याईएकाहरु सवै भारतीय क्वारेन्टाइनमा २१ दिन बसेकाहरु हुन ।

    सीमामा अलपत्र नेपालीहरुलाई नेपाल ल्याउने निर्णयसंगै तिलोत्तमा नगरपालिकाका र सिद्धार्थ नगर नगरपालिकाका नगरप्रमुख तथा उप प्रमुखको टोली बेलहिया पुगेको थियो ।‘५ सय १० जना नेपालीहरुलाई नेपाल ल्याउने निर्णय भएको छ’ तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए।

    नेपाल ल्याइएका मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाइनमा राखिने छ भने बांकी २ सय ७७ जनालाई सिद्धार्थ नगरपालिकाका २ वटा क्वारेन्टाइनमा राखिने छ ।

    भारतका बिभिन्न स्थानबाट नेपाल फर्केर भारतीय सिमावर्ती सुनौलीमा १ हजार २ सय बढी नेपाली रहेपनि क्वारेन्टाइनको ब्यवस्थापन हुन नसक्दा अहिलेलाई ५ सय १० जना मात्र ल्याउन लागिएको हो तिलोत्तमा नगरपालिकामा ल्याईएका २ सय ३३ जना मध्ये शंकरनगर शारदा उच्च माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा ३३ जना र मधवलियास्थित मधवलिया माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा र २ सय जना राखिने नगरप्रमुख घिमिरेले जानकारी दिए ।

    त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा ल्याइएका २ सय ७७ जनालाई वडा नं ८ मा रहेको रुपन्देही लीलाराम माध्यमिक बिद्यालय र वडा नं ५ मा रहेको भैरहवा माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा राखिने सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमादेवी काफ्लेले बताइन ।

    नेपाल ल्याईएका सबैको बिहीबार बिहानबाट स्वाव संकलन गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
    उद्धार गरेर नेपाल ल्याईएका ५ सय १० जना कति अवधि क्वारेन्टाइनमा बस्ने भने उनीहरुको पीसीआर रिर्पोटका आधारमा निर्धारण हुने छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)