News Portal

थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो

रातोपोस्ट संवाददाता
९५८ पटक

काठमाडौं। नेपालमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको दोस्रो सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुषहरु छन्।
संक्रमितहरुको अवस्था सामान्य रहेको बताइएको छ

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)