News Portal

  • नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    ५९७ पटक

    काठमाडौं । नवलपरासीमा एक ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा कोभिड -१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणअनुसार संक्रमित पुरुष नवलपरासीस्थित देवचुली नगरपालिका- १२ का रहेका छन् ।

    संक्रमित मानिसको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २४६ पुगेको छ । यीमध्ये ३५ जना निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)