News Portal

  • बिर्तामोडमा विद्युत सर्ट भएर आगलागी, एक घरमा क्षति

    रातोपोस्ट संवाददाता
    ९१३ पटक

    झापा। झापाको बिर्तामोडमा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

    बिर्तामोड नगरपालिका–१ मा बस्ने देवेन्द्र भुजेलको घरमा विद्युत सर्ट भई घरमा आगलागी भएको छ ।

    आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    बिर्तामोड नगरपाकिलाको वारुणयन्त्र ,स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएकोले थप क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले बताए ।

    विद्युत सर्ट भएर घरमा आगलागी भएसँगै सिलिन्डर पड्किएको स्थानीयको भनाई छ । घरमा कोही पनि नभएकाले आगलागीका कारण मानवीय क्षति भने हुन नपाएको डिएसपी रिजालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)