News Portal

काँकडभिट्टा हुँदै गएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट
६२६ पटक

काँकडभिट्टा । नवलपराका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण व्यक्ति पश्चिम बंगालको कोलकाताबाट काँकडभिट्टा हुँदै भरतपुर गएका थिए। पूर्वी काँकडभिट्टाबाट नवलपरासीमा भारतबाट आएका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित पुरुष देवचुली नगरपालिका वडा नम्बर १२ का भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिएका छन् ।

संक्रमित व्यक्ति भारतको कोलकाताबाट वैशाख २५ गते हिँडेर ३० गते चितवनको भरतपुर आइपुगेका हुन । ३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको हो । उनी अहिले अस्पतालमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

उनी कोलकाताबाट औषधि बोकेको गाडीमा काँकडभिट्टासम्म आएका थिए । काँकडभिट्टाबाट पनि भरतपुरसम्म औषधि बोकेको गाडीमा आएका थिए । योसँगै नेपालमा कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या २४६ पुगेको छ । कान्तिपुर

प्रतिकृया दिनुहोस्