News Portal

  • पूर्वी नाकामा सत्तापक्षीय युवा र विद्यार्थीको भारत विरुद्ध प्रदर्शन

    रातोपोस्ट संवाददाता
    १६३४ पटक

    झापा। राष्ट्रिय युवा संघ र अनेरास्ववियू मेचीनगर कमिटीले बिहीबार पूर्वी सीमा नाका काँकरभिट्टाबाट भारतले गरेको सीमा अतिक्रमण विरुद्ध प्रदर्शन गरेका छन् ।

    युवा संघको ३0 औं र अनेरास्ववियूको ५५ औं स्थापना दिवशका दिन ती दुई संगठनले नेपाली भूमिमाथि भएको भारतीय हस्तक्षेप विरुद्ध विरोध र्याली गरेका हुन् ।

    भारतको विस्तारवादी नीति विरुद्ध चर्का नारा लगाउँदै सुरु भएको र्याली काँकरभिट्टा बजारका विभिन्न भागको परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

    लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजित सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका झापा जिल्ला सह संयोजक दुर्गा धमलाले लिपुलेक, कालापानीलगायत नेपाली भूमिमाथि धावा नबोल्न भारतलाई चेतावनी दिए ।

    कोणसभामा अनेरास्ववियु मेचीनगर अध्यक्ष सन्तोष धमला, पूर्व युवा संघ नेपालका मेचीनगर अध्यक्ष सरोज मेहरा, वासिएलका पूर्व मेचीनगर अध्यक्ष विनोद मण्डल, पूर्व युवा संघ नेपालका क्षेत्रिय अध्यक्ष राजु धिमाल, भोजराज पराजुली, योगेश भण्डारी, लुसन तिवारी, विकास निरौला लगायतका जिल्ला, क्षेत्र तथा नगरका युवा नेताहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)