News Portal

झापामा विप्लवका कार्यकर्ताले जलाए प्रधानमन्त्री ओली र भारतिय प्रधानमन्त्री माेदिकाे पुत्ला

रातोपोस्ट संवाददाता
२२७४ पटक

झापा। नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति झापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे पुतलादहन गरी कोणसभा सम्पन्न गरेको छ ।

प्रधानमन्त्री ओलीकाे गृहनगर झापाको दमक र कनकाइ नगरपालिकामा पुतलादहन गरेको पार्टी स्रोतले जानकारी दिएको छ।

भारतीय साम्राज्यवादले लिपुलेक, कालापानी,लिम्पियाधुरालगायत नेपाली भूमिमाथि अतिक्रमण गरी हस्तक्षेप गरेको विरोधमा नेकपा झापाले उक्त कार्यक्रम गरेको हो ।

भारतले कालापानी लिपुलेक हुँदै मानसरोवर पुग्ने बाटोको उद्घाटन गरेसँगै हाल देशभर प्रदर्शन भैरहेको छ।

उक्त कार्यक्रमकाे काेणशभालाई सम्वाेधन गर्दै जिल्ला सेक्रेटरी श्रीजंगले भारतीय साम्राज्यवादको नेपालमाथिको अतिक्रमण, हस्तक्षेप र दादागिरी यथावत् रहे राष्ट्रिय मुक्ति आन्दोलन गर्न आफ्नो पार्टी पछि नहट्ने बरु आफूहरू बलिदान दिन तयार हुने बताए ।

उनले सरकारको तिव्र आलोचना गर्दै संसदवादी दलालहरुले देश बेचेको भन्दै आक्राेश पाेखे। केपी सरकारले दुईतिहाईकाे दम्भ देखाएको भन्दै हिम्मत भए आफ्नो पार्टिलाई नभएर भारतीय साम्राज्यवादका विरुद्ध प्रतिबन्ध लगाएर देखाउन चेतावनी दिए।

आफ्नो सत्ता टिकाउका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताउँदै केपी सरकारले अन्धो राष्ट्रवादको नारा अलापेर आफ्नो सरकारको आयु लम्ब्याउने, जनतालाई ढाँटेर ब्रह्मलुट मच्चाउने संसदीय व्यवस्थाका मतियारहरुले भारतको ज्यादतीलाई टुलुटुलु हेरिरहेको तर राष्ट्र र जनताको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि धरपकड ,गिरफ्तारी जारी राखेको भन्दै तिव्र आलोचना गरे

कार्यक्रममा उपस्थित नेता ,कार्यकर्ता लगायतका स्थानिय बासिन्दाले भारतिय हस्तक्षेप मुर्दावाद,केपि सरकार मुर्दावाद,केपि ओली राजिनामा दे ,हाम्रो भुमि फिर्ता गर लगायतका नाराबाजी गरेका थिए।

प्रतिकृया दिनुहोस्