News Portal

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, २४९ पुगे कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
५६९ पटक

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । काठमाडौं दहचोक निवासी ७ वर्षिय बालकमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंमा फेरी अर्को नयाँ केस थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार जनकपुर धनुषा निवासी १७ वर्षिय महिलामा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै धादिङका ३० वर्षिय महिलामा कोरोना पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको हो । यसअघि आजै बिहान ३ नयाँ संक्रमित पुष्टि भएका थिए ।

प्रतिकृया दिनुहोस्