News Portal

नेपालमा फेरि थपिए ९ कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६७ पुगे

रातोपोस्ट संवाददाता
८५९ पटक

काठमाण्डौ। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ६७ पुगेको छ । पछिल्लो पटक थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित हुनेमा पर्सा वीरगञ्ज निवासी ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङ गडवाका २३, ३६ र ३४ वर्षीय पुरुषहरु, काठमाडौं सतुङ्गल निवासी ७ वर्षीय बालक रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकहरुको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्