News Portal

  • सिराहामा पनि देखियो कोरोना संक्रमण, थप ६ जना संक्रमित, संक्रमित २ सय ७३ पुगे

    रातोपोस्ट संवाददाता
    ५२० पटक

    काठमाडौं। थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बजे आवधिक गरेको विवरणअनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परीक्षणमा थप ६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।

    नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु-११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज-१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर-४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली-१ निवासी २५ वर्षीया महिला रहेका छन् । हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)