News Portal

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न झापामा हवाई फायर

रातोपोस्ट संवाददाता
५६७ पटक

झापा। झापाको सीमावर्ती गाउँ कचनकवलमा सीमा सुरक्षामा रहेका सशस्त्र सुरक्षाकर्मीहरुमाथि भारतीयहरुले आक्रमण गर्ने प्रयास गरेका छन्।

कचनकवलको घेराबारीमा सानो संख्यामा रहेका सशस्त्र सुरक्षाकर्मीहरुलाई ठूलो संख्यामा आएका भारतीयहरुले आक्रमणको प्रयास गरेका हुन्।

सुरक्षाकर्मीहरुले स्थानीयहरुको सहयोगमा भारतीयलाई भगाएका थिए। प्रतिकारका क्रममा सशस्त्र प्रहरीले हवाई फायरसमेत गरेका थिए।

झापा क्षेत्र नम्बर तीनका सांसद राजेन्द्र लिङदेनले आक्रमणको जानकारी दिँदै यसको भर्त्सना गरेका छन्। ‘सशक्त प्रतिकार गरी आक्रमणकारीहरूलाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीय जनतामा धन्यवाद ब्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा भनेका छन्। आक्रमणको कारण स्पष्ट भइसकेको छैन।

प्रतिकृया दिनुहोस्