News Portal

  • राैतहटका १० जना संक्रमित सबै भारतबाट आएका मजदूर

    रातोपोस्ट संवाददाता
    ३५९ पटक

    राैतहट । राैतहटका १० जना संक्रमित सबै भारत बाट आएकाे खुलेकाे छ । आज (आइतबार) बिहान स्वास्थ्य मन्त्रालयले दिएकाे अपडेट अनुसार राैतहटमा १० जना नयाँ संक्रमित फेला परेका छन् ।

    उनीहरू सबै भारतबाट आएका हुन् । शुक्रबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनीहरु सम्बन्धित सम्बन्धित पालिकाकाे क्वारेन्टाइनमै रहेको राैतहटका प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।

    उनीहरु भारतका विभिन्न सहरमा कम गर्दै आइरहेका थिए । नेपाल छिरेलगत्तै सम्बन्धित निकायको पालिकामा रहेको क्वारेनटाइनमा राखेर स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाइएको थियाे ।

    यससँगै रौतहटमा संक्रमितको संख्या १३ पुगेको छ । यसअघि जिल्लाका इशनाथ, गुजरा र वृन्दावन नगरपालिकामा एक–एक जना संक्रमित भेटिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)