News Portal

  • झापा कारागारका कैदीलाई पीपीई सेट

    रातोपोस्ट संवाददाता
    ४१५ पटक

    झापा। कोरोना सक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेकाे बेला सबैले आ-आफनै तरिकाले उपाय अपनाउन थालेका छन् ।

    यस्तै प्रयास झापा जिल्ला कारागारमा शुरु भएको छ । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी एकै स्थानमा रहनुपर्ने अवस्था छ । बिरामी भएमा मेची अंचल अस्पताल वा निजको खर्चमा चाहेको अस्पतालमा लैजाने व्यवस्था कारागार प्रशासनले गरेको छ ।

    अस्पताल भिडभाड हुने स्थान भएकाले कारागार प्रशासनले बिहिबारदेखि कैदीबन्दी तथा प्रहरी सुरक्षकर्मीहरुलाई पिपिई सेट लगाएर पठाउन शुरु गरेको हो ।

    कारागार व्यवस्थापन विभागबाट ६ थान र रेडक्रसबाट ३ थान पिपिई सेट कैदीबन्दीका लागि उपलब्ध भएपछि जोखिम कम हुने सम्भावना भएको छ ।

    कारागारका जेलर राजेन्द्र निरौलाका अनुसार कुनैपनि कैदीबन्दीलाई कोभिड १९ को सक्रमण देखिएको छैन, अदालत तथा अस्पताल लैजादा सम्भावित जोखिम कम गर्न उपयोगी हुने बताए । हाल झापा कारागारमा १ हजार ४० पुरुष कैदीबन्दी र ८२ जना महिला कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)