News Portal

आज पूर्वी नाकाबाट ३ सय नेपाली ल्याइदै

रातोपोस्ट संवाददाता
२९९३ पटक

झापा। झापाको सिमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नागरिकलाई आजदेखि नेपाल ल्याउने तयारी भएको छ । जिल्ला समन्वय समिती झापाको संयोजनमा बसेको बैठकले लकडाउन कारण सिमा क्षेत्रमा अलपत्र परेका परेका नेपाली नागरिकलाई प्रवेश दिने निर्णय गरेको हो ।

प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहितको बैठकले सिमाक्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो ।
‘साेमबार करिब ३ सय नेपालीलाई काँकरभिट्टा नाकाबाट ल्याउछौँ’ जिल्ला समन्वय समितीका संयोजक तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितीका संयोजक सोमनाथ पोर्तेलले भन्नुभयो, ‘उनीहरुको व्यवस्थापनको तयारी भइरहेको छ ।’

उहाँका अनुसार सिमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीलाई त्यसपछि क्रमशः प्रवेश दिइनेछ । नेपाल आएका नागरिकलाई केहीदिन जिल्लामा स्थापना गरिएको ‘होल्डिङ्ग पोइन्ट’ मा राखिनेछ । हाललाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनलाई नै ‘होल्डिङ्ग पोइन्ट’ का रुपमा प्रयोग गर्ने बताइएको छ । उनीहरुलाई राख्न पछिल्लो पटक मेची बहुमुखी क्याम्पसमा २ सय बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । जिल्लाभर ७ सय ५० बेड क्षमताको क्वारेन्टाइन तयार भइसकेको छ ।

निर्णयभए अनुसार कोरोना परिक्षण भइसकेका र ‘ट्राभल्स हिष्ट्री’ का आधारमा उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइनेछ । झापा जिल्लाबाहिरका नागरिकलाई भने पिसीआर परिक्षण पश्चात् सम्बन्धित जिल्ला सदरमुकाम साथै प्रदेश राजधानी पु¥याउने निर्णय भएको छ ।

गत मंगलबारदेखि भारतमा रेलसेवा सञ्चालनमा आएपछि अध्ययन, रोजगारी र भ्रमणको सिलसिलामा भारतको विभिन्न स्थान पुगेका नेपालीको हाल सीमाक्षेत्रमा चाप बढेको छ । जिल्ला झापाप्रशासन कार्यालय झापासँग हाल ८ सय ५३ जना नागरिक अलपत्र परेको तथ्याङ्क रहेको छ । त्यसबाहेक पनि ठुलो संख्यामा नेपाली स्वदेश फर्कन चाहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्