News Portal

संसदमा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

रातोपोस्ट संवाददाता
३६५ पटक

काठमाडौं। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुँदैछ। संसद बैठक ११ बजेका लागि डाकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार (जेठ २ गते) संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

सो माथि आज र भोली संसदमा छलफल हुन लागेको हो। आज प्रमुख प्रतिपक्षी दलका नेताले सरकारका नीति तथा कार्यक्रममाथि दलको धारणा प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रममा संशोधन दर्ता गएका सांसदहरुले त्यसपछि क्रमशः धारणा राख्ने संसदीय प्रचलन रहिआएको छ।

नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएपछि पर्सी ९मंगलबार० प्रधानमन्त्री केपी शर्मा ओलीले यसमाथि उठेका सवालहरुबारे संसदमा जवाफ दिनेछन्। जारी कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै यसपटक सरकारका नीति तथा कार्यक्रममाथिको छलफल सकेसम्म छोट्याउने कोशिस भइरहेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले सम्भव भएसम्म थोरै सांसदहरुको नाम उपलब्ध गराइदिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्