News Portal

मेचीनगरले दियो सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

रातोपोस्ट संवाददाता
८३६ पटक

झापा। मेचीनगर नगरपालिकाले मेचीनगर क्षेत्रमा रहेका सञ्चारकर्मीलाई आईतबार स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर जनतालाई सुचित गराइरहेका सञ्चारकर्मीको आत्मबल बढाउन आफूहरुले स्वास्थ्य सामाग्री प्रदान गरेको नगर प्रमुख आचार्यले बताए ।

अहिलेको बिषम् परिस्थितिमा सूचना सम्प्रेसण गर्न आफ्नो स्वास्थ्यलाई समेत दाउमा राखेर अहोरात्र खटिने मेचीनगरका सक्रिय पत्रकारहरुलाई नगरपालिकाको तर्फबाट सानो सहयोग स्वरुप १ थान एन नाइन्टीफाएप मास्क, १ पिस सेनीटाइजर र १० जोर ग्लोब्स प्रदान गरेको नगर प्रमुख आचार्यले जानकारी दिए ।

लकडाउनको समयमा पनि नागरिकलाई दिनरात नभनी सूचना प्रदान गर्न मेचीनगरका सञ्चारकर्मीहरुको उल्लेखिय भूमिका खेलेको भन्द्रै मेचीनगर उपप्रमुख मीना उप्रेतीले सञ्चारकर्मीको प्रशंसा गरीन् । साथै उनले नेपालमा कोरोना संक्रमण बढीरहेको अहिलेको अवस्थामा सञ्चारकर्मीलाई सजक हुँदै काममा लाग्न अनुरोध गरिन् ।

प्रतिकृया दिनुहोस्