News Portal

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय ९५ पुग्याे

रातोपोस्ट संवाददाता
८६६ पटक

मोरङ। नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ९५ भएको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्