News Portal

  • लकडाउन जेठ २० गतेसम्म थपियो

    रातोपोस्ट संवाददाता
    ३२२ पटक

    काठमाडौं : सरकारले लकडाउन जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ।

    आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै थप १५ दिन लकडाउन बढाउने निर्णय गरेको हो। चैत ११ गतेदेखि निरन्तर रुपमा लकडाउन गर्दै आएको छ।

    सरकारले यसअघि विभिन्न चरणमा पाँच पटक लकडाउन थप गर्दै निरन्तरता दिइरहेको छ। आजै यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप गर्ने सिफारिस गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)