News Portal

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३ सय ४ पुग्यो

रातोपोस्ट संवाददाता
४९६ पटक

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ३०४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका कोरोना संक्रमितहरु रौतहट इशनाथ नगरपालिका निवासी २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिला रहेकी छन् ।

त्यस्तै बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्