News Portal

  • बाँकेमा ४७ जनामा काेराेना पुष्टि, नेपालभर सङ्क्रमितकाे सङ्ख्या ३५७ पुग्याे

    रातोपोस्ट संवाददाता
    ५२९ पटक

    काठमाण्डौ। नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ५७ पुगेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रायका अनुसार बाँकेमा मात्रे थप ४७ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बाँकेका ४६ जना पुरुष र एक जना महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै सोमबार नै मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यसअघि सोमबार बिहान रौतहटका आठ र बाराका एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)