News Portal

विप्लव निकट अखिल क्रान्तिकारीले झापामा प्रधानमन्त्री ओली र माेदीकाे पुत्ला जलायो

रातोपोस्ट संवाददाता
१३२५ पटक

झापा। नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले झापामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदिकाे पुत्ला जलाएकाे छ।

नेपाल भारतबिच सिमा विवाद चर्किरहेको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै नेपाली भूमिभित्र भारतले मनोमानी ढंगले सडक निर्माण गरेको र सो क्षेत्र आफ्नो भएको दाबी गरिरहेको बेला सत्तासीन दल भने राजनितीक खिचातानीमा ब्यस्त रहेको भन्दै अखिल क्रान्तिकारीका जिल्ला संयाेजक कुमार शाहिले आक्राेश ब्यक्त गरे।

इतिहासकाे स्मरण गर्न सरकारलाई चेतावनी दिँदै नाराबाजी सहित पुत्लादहन गरेकाे अखिल क्रान्तिकारीले विद्यार्थीहरुलाइ कमजोर नआँक्न र परिआएकाे खण्डमा आफुहरु बलिदान गर्न तयार रहेको बताएको छ।

सभामा उपस्थित विद्यार्थीहरुले भारतीय साम्राज्यवाद– मुर्दावाद !, लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !, केपि सरकार मुर्दावाद!, अखिल क्रान्तिकारी जिन्दावाद!, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद!, एकीकृत जनक्रान्ति जिन्दावाद! लगायतका नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्